Connect with us
Kapilvast Forest

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो

२०७९, २० असार सोमबारमा प्रकाशित

काठमाडौ- नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा ९–९ रुपैयाँ बढाएको हो।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हवाई इन्धनको अन्तरिकतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेको छ। बढेको मूल्य अनुसार पेट्रोल अब लिटरको १८१ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेल १७२ रुपैयाँ पुगेको छ।

हवाई इन्धन आन्तरिकतर्फ १९० रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। यसअघि निगमले इन्धनको खपत घटाउनका लागि सरकारलाई १० बुँदे सुझावसमेत दिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu