Connect with us
Kapilvast Forest

मोटरसाईकलमा ५ र कारमा २० लिटर मात्र इन्धन

२०७९, २० असार सोमबारमा प्रकाशित

काठमाडौं- नेपाल आयल निगमले सरकारलाई पेट्रोलियम पदार्थको खपत कम गर्न १० वटा सुझाव दिएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा उच्च बृद्धि भएको भन्दै निगमले खपत कम गर्न सवारी साधनमा जोरबिजोरदेखि शनिबार सवारी साधन सञ्चालन गर्नै नपाउने सुझाव दिएको छ ।

निगमले सोमबार सरकारलाई सुझाव दिदै मोटरसाईकल तथा स्कुटरमा ५ लिटर, कार, जीप तथा भ्यानमा २० लिटर मात्र इन्धन बिक्री गर्न सुझाव दिएको हो ।

सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने, देशका प्रमुख शहरहरुमा प्रत्येक शनिबार गाडी रहित सार्वजनिक बिदाको घोषणा गर्ने, खाना पकाउने एलपी ग्यासको खपत कम गर्न बिद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने तथा विद्युतीय सवारी साधनको प्रयोगमा बृद्धि गर्न प्रमुख शहरहरु र राष्ट्रिय राजमार्गहरुमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिक/निजी पार्किङ्ग स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निः शुल्क पार्किङ्ग स्थल तोकिदिन सुझाव दिएको छ ।

यस्तै, निगमले छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आव्हान गर्ने, ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरु पूर्ण क्षमतामा चलाउने, मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरुप नै यात्रु रहने गरी संचालन गर्ने ब्यवस्था मिलाउने, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरुको आयात बन्द गर्ने र ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल.पी.ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने सुझाव दिएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu