Connect with us
Kapilvast Forest

काका पर्नेले बलात्कारपछि आमालाई जिउँदै जलाए, छोराछोरी रूँदै काट्छन् दिन

२०७९, २१ असार मंगलवारमा प्रकाशित

उनीहरू भन्छन्- मेरी आमालाई जस्तो संसारका अरू कुनै आमालाई नहोस्

दार्चुलाको-  शैल्यशिखर नगरपालिकामा गत जेठ २५ गते जिउँदै जलाइएकी अनिभा खडायतको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
शैल्यशिखर– १, बारिलकी ४३ वर्षीया अनिभाको बलात्कार र हत्या उनकै देवर भोजराज खडायतले गरेको प्रहरीले जनाएको छ।भोजराज पक्राउ परिसकेका छन्। उनले आफू संलग्न रहेको सकारेका छन्।

प्रहरीले भोजराजको बयानसहित अनुसन्धान प्रतिवेदन यही असार १५ गते जिल्ला सरकारी वकिललाई बुझाएको थियो। त्यसको भोलिपल्ट अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। उनी जेलमा छन्।अनिभालाई बलात्कारको प्रतिकार गर्दा ढुंगाले टाउकोमा हानेर घाइते बनाइएको थियो। त्यसपछि शरीरमा खर र गहुँको नल राखेर जिउँदै जलाइयो।

अनिभाका श्रीमानको आठ वर्षअघि निधन भएको थियो। उनका चार छोराछोरी छन्। जेठा छोरा परमानन्द कमाउन भारत गएका थिए भने माइली छोरी सन्तोषीको विवाह भइसकेको छ।अनिभा दुई छोरीहरू गोमती र सरस्वतीसँग बस्थिन्। घटनाको दिन दुवै घरमै थिए।प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार जेठ २४ गते भोजराज दुई जना साथीसँग रक्सी खान बैतडीको सिमार बजार पुगे। उनीहरूले दुई बोतल रक्सी खाए र राति १२ बजेतिर घर फर्किए।

भोजराज अनिभाको घरको बाटो फर्किँदै थिए। उनले ढोका खुल्लै देखे। भित्र बत्ती बलिरहेको थियो। अनिभा केही काम गर्दै थिइन्। छोरीहरू अर्को कोठामा सुतेका थिए।भोजराज भित्र पसे र ‘जरूरी काम छ’ भन्दै अनिभालाई बाहिर लगे।छोरी गोमतीले झ्यालबाट आमालाई बाहिर लगेको देखिन्। आमा केही बेरमै फर्किहाल्छिन् भन्ने उनले सोचिन्।

त्यति बेला रातको २ बजेको थियो।भोजराजले अनिभालाई टाढै लैजान खोजे। अनिभालाई शंका भयो। उनले नाइँ भनिन्।घरबाट करिब ५० मिटर टाढा उखुबारी थियो। त्यहीँ लगेर भोजराजले अनिभामाथि जबरजस्ती करणी गरे।अनिभाले गाली गर्दै प्रतिकार गर्न थालेपछि भोजराजले ढुंगाले टाउकोमा हाने। लगातार दुईपटक ढुंगाले हानेपछि अनिभा छट्पटाउन थालिन्। त्यसपछि भोजराजले नजिकै रहेको झाडीले उनको शरीर छोपे।

उनले घटनास्थलमै आफ्ना लुगा फुकालेका भए पनि पाइन्ट र एउटा चप्पल मात्रै भेटे। बाँकी लुगा अनिभाकै घरमा छाडेछु भन्ने सोचेर उनी लुगा खोज्न गए। तर भेटेनन्। हातमा लागेको रगत भने पखाले।भोजराजको बयानअनुसार उनी घर जाँदा गोमती मोबाइलमा फोन गर्दै थिइन्। एकपटक फोन लागे पनि पछि मोबाइल स्विचअफ भयो।

गोमतीले घटनाबारे थाहा पाइछन् र अब प्रहरीलाई खबर गर्दै छिन् भन्ठानेर भोजराजले उनको मोबाइल खोस्न खोजे।गोमती भाग्दै खोलापारि भाउजूको घर पुगिन्।भोजराज खोलाबाटै फर्किए।भोजराजले अनिभाले लगाएका सुनका गहना पहिल्यै गोजीमा राखिसकेका थिए। गोजीमा सलाई पनि थियो। फर्किएर उनले बेहोस अवस्था छट्पटाइरहेकी अनिभाको शरीरमाथि खर र गहुँको नल थपे।

छट्पटाउँदै गरेकी अनिभाको जीउमा आगो झोसेर त्यहाँबाट भागे।पाइन्ट मात्रै लगाएर खाली खुट्टै भागेका भोजराजले आफ्नो घर पुगेर चप्पल र सर्टलगाएका थिए। उनी भागेको परिवारले समेत चाल नपाएको प्रहरी बताउँछ।यता गोमती अत्तालिँदै भाउजूको घर पुगेपछि होहल्ला भयो। त्यति नैबेलाउनीहरूले पर आगो बलिरहेको देखे। गोमती र गाउँका केही मान्छे त्यहाँ पुगे। बलिरहेको आगोबाहिर अनिभाको हात देखियो।

अनिभालाई त्यहीँ जलाइएको थाहा भयो।यो देखेर गोमती बेहोस भइन्।त्यसपछि गाउँलेले प्रहरीलाई खबर गरे। प्रहरीले अनुसन्धान सुरू गर्‍यो। घटनामासंलग्न व्यक्ति भोजराज हुन् भन्ने थाहा भयो तर उनी गाउँबाट भागिसकेका थिए। प्रहरीले उनलाई भेट्टाउन सकेन।त्यसै दिन प्रहरीले अनिभाको शव पोस्टमर्टमका लागि सदरमुकाम लगे।प्रहरीले अनुसन्धान क्रममा भोजराजसँगै रक्सी खाने दुई जनालाई पक्राउ गर्‍यो।बलात्काररहत्यामाउनीहरूकोसंलग्नतानदेखिएपछिछाडियो।

भोजराज त्यो दिनभरि बैतडीको गन्नाको बाटो पुचौडी हाटतर्फ गए। त्यहाँबाट ढोल्या मोडनजिकको गाउँ पुगे। पक्राउ पर्ने डरले गाउँमा छिरेनन्, जंगलतिरै फर्किए।त्यो रात उनले जंगलमै बिताए। भोलिपल्ट बझाङ जाँदै गर्दा दिउँसो १२ बजेतिर उनलाई प्रहरीले पक्राउ गर्‍यो। त्यहाँबाट दार्चुला ल्याएर बयान लिएको प्रहरीले जनाएको छ।

घरमा यस्तो बज्रपात पर्दा अनिभाका जेठा छोरा परमानन्द भारतमै थिए। उनी होटलमा खाना पकाउने काम गर्छन्। घटनाबारे थाहा पाउनेबित्तिकै घर फर्केका छन्।खबर सुन्नासाथ मैले आफूलाई सम्हाल्नै सकिनँ। चक्कर आयो,’ उनले भने, ‘त्यही दिन राति ८ बजे बैंगलरूबाट हिँडेँ।’

बैंगलरूबाट बसमा पलियासम्म आउन पाँच दिन लाग्थ्यो। बस बिग्रेकाले गौरीफन्टा पुग्नै छ दिन लागेको उनी बताउँछन्।बाटोभरि बहिनीले ‘छिटो आइज दादा, कहाँ पुगी’ भन्दै फोन गर्थिन्। छ दिनको यात्रामा उनले दुई दिन मात्रै खाना खाए।यात्रामा म बेसुर थिएँ। भोक, निद्रा, तिर्खा हराएको थियो। लामो यात्रा थियो। अंकल साथमा भएकाले मलाई बाटोमा धेरै सहयोग भयो,’ परमानन्दले भने।

उनी घर पुग्दा भिडभाड थियो। प्रहरीले अनिभाको शव लगेर पोस्टमर्टम गरिसकेको थियो।बुवाको मृत्युपछि आमाको दुःख देखेर मैले अब उहाँलाई धेरै दुःख नदिऊँ, मैले नपढे के हुन्छ र, बहिनीहरू त पढिरहेकै छन्, मैले कमाएँ भने आमालाई सुख हुन्छ, बहिनीहरूले धेरै पढ्न पाउँछन् भन्ठानेँ अनि काम गर्न भारत गएँ,’ परमानन्दले भने।

उनी बेलाबेला आमालाई पैसा पठाइरहन्थे। त्यही पैसाले दुई जना बहिनीको पढाइ र अरू घरखर्च चलेको थियो। १६ वर्षीया गोमती दस कक्षा र १४ वर्षीया सरस्वती आठ कक्षा पढ्दै छिन्।मबिना आमा बस्नै सक्नु हुन्थेन। महिना/महिनामा फोनमा धेरै लामो कुरा गर्थ्यौं। मलाई अलिकति सन्चो नभए आमा रूनु हुन्थ्यो। धेरै सम्झाउनु हुन्थ्यो। झगडा नगर्नू, जमाना ठीक छैन, बचेर काम गर्नु भन्नु हुन्थ्यो,’ परमानन्दले रूँदै भने।

पहिले बुवा र अहिले आमाको साथ छुटेपछि घरको जिम्मेवारी जेठा परमानन्दकै काँधमा छ। उनी रूँदै बसेका बहिनीहरूलाई बेलाबेला सम्झाउँछन्।म फेरि भारत जान्छु भनेर उनीहरू डराएका छन्। एक्लै बस्न सक्दैनौं भन्दै रून्छन्,’ परमानन्दले भने, ‘मेरी आमालाई जस्तो संसारका अरू कुनै आमालाई नहोस्।शैल्यशिखर नगरपालिका उपप्रमुख शान्ति खडायतले उनीहरूको दुःखमा थोरै भए पनि मह्लम लगाउन राहत दिने तयारी गरेको बताइन्।

‘बच्चाहरूको पढाइमा पनि सहयोग गर्ने भनेका छौं। के कसो गर्न सकिन्छ, हेर्दैछौं,’ उनले भनिन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu