पार्टी फूटाएर माधव नेपालले जीवनकै ठूलो गल्ती गरे : भुसाल
काठमाडौं – नेकपा (एमाले)का स्थायी समिति सदस्य घनश्याम भूसालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको बताएका छन् ।
माधपव नेपालले पाटीृ विभाजन गर्नु अगाडी एमालेमा चलेको तीव्र अन्तरसंर्घष समाधानको बाटो पहिल्याउन १० बुादे सहमति गरिएको थियो । उक्त सहमतिपछि भुसाल लगायतका नेपाल पक्षका प्रभावशाली मानिएका नेताहरु एमालेमै रहेका थिए ।
तर नेपालले भने पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए ।
पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको भूसालको भनाइ छ । भूसालले लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’
केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको पनि भूसालको आरोप छ ।