Connect with us
Kapilvast Forest

विद्युतीय आगलागीको उच्च जोखिममा : भृकुटीमण्डप

२०७९, ११ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं- उपत्यकामा सबैभन्दा बढी विद्युतको कारण आगो लाग्ने गरेको छ । उपत्यकामा आगो लाग्नुको मुख्य कारण विद्युत रहेको जुद्ध वारुण यन्त्रका प्रमुख चन्दन श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार भृकुटीमण्डप विद्युतको पहुँचमा छ । विद्युतको सही सदुपयोग गर्न नसकेमा ठूलो खतरा निम्तिन सक्छ । असार ३० गते मात्रै काठमाडौंको भृकुटीमण्डपमा आगो लागेको थियो ।

करिब पाँच घण्टासम्म लागेको आगो मुस्किलले नियन्त्रणमा लिइएको थियो । अहिले उपत्यकामा आगोजन्य विपद्को सबैभन्दा ठूलो कारण विद्युत् हो । विद्युतको कारण जुनसुकै समयमा पनि आगो लाग्न सक्ने हुन्छ ।

साढे २ बजेतिर भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृत्रिम मानव अङ्गहरु राखिएको गोदाम घरमा आगलागी हुँदा आठ वटा दमकल, ३० भन्दा बढी पानी ट्याङ्कर, झन्डै साढे तीन सय सुरक्षाकर्मी र सर्वसाधारणको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

करोडौंको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारले थप अनुसन्धान गरिरहेको छ । आगो निभाउन काठमाडौं महानगरपालिका, बौद्ध रामहिटी, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक–एक र नेपाली सेनाका दुई वटा दमकल प्रयोग गरिएको थियो ।

अन्य ३० वटा पानी ट्याङ्कर परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो । आठ वटा दमकल ३० भन्दा बढी पानी ट्याङ्कर, झन्डै साढे तीन सय सुरक्षाकर्मी र सर्वसाधारणको निरन्तर प्रयासमा आगो नियन्त्रणमा आएको थियो उहाँले भन्नुभयो ।

नेपाल प्रहरीका १२० जना, नेपाली सेनाका एकसय बढी, सशस्त्र प्रहरी बलका ६० जनाभन्दा बढी र काठमाडौं महानगरका ३० जनाभन्दा बढी सुरक्षाकर्मी आगलागी नियन्त्रण गर्न परिचालित थिए । तर पनि आगलागी नियन्त्रणमा आउन झन्डै पाँच घण्टा लागेको उहाँले जानकारी दिनुभयो ।

आगलागीबाट कुनै मानवीय क्षति नभए पनि करोडौंको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारले थपअनुसन्धान गरिरहेको छ । यसको अझैसम्म अनुसन्धान भइरहेको समाज कल्याण परिषद् भृकुटी मण्डप सञ्चालन कार्यालयका प्रमुख रामराज भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार कसरी कुन माध्यमबाट आगो लाग्यो केही कुरा आएको छैन । अनुसन्धान समिति गठन भएको छ, त्यसले अनुसन्धान गरिरहेको छ, केही निष्कर्ष निकाल्छ उहाँले भन्नुभयो ।

बारुण यन्त्रका प्रमुख श्रेष्ठका अनुसार प्लाष्टिक अति प्रज्वलनशील प्रदार्थ हो । यसमा आगो लाग्यो भने काठ दाउराभन्दा छिटो बल्छ । प्लाष्टिक भएको ठाउँमा आगोको उच्च जोखिम हुन्छ ।

यो पेट्रोल, मट्टीतेल, डिजेलजस्तै हुन्छ” उहाँले भन्नुभयो, त्यसमा आगो एकदमै धेरै बल्ने भएकाले निभाउन फमको प्रयोग गर्नुपर्ने हुन्छ, त्यसका लागि ठाउँ हेरेर फम हाल्नुपर्नेस्थिति हुन्छ ।

भृकुटीमण्डपजस्तो प्लाष्टिक नै प्लाष्टिकको छानो भएको ठाउँमा आगो लाग्यो भने फम हाल्नुपर्छ । तर, त्यो कतिको सम्भव छ भन्ने कुराको कुनै अध्ययन नभएको उहाँको भनाइ छ ।

प्लाष्टिक धेरै भएको ठाउँमा आगो लाग्यो भने फम हाल्नुपर्ने हुन्छ, भृकुटीमण्डपमा अरु विकल्प देखिदैन” चाँडै सुरक्षाको उपाय अपनाउन नसकिए भृकुटीमण्डपमा धेरै क्षति व्यहोर्नुपर्ने हुन सक्छ ।

उहाँले भन्नुभयो अहिले सबैभन्दा बढी विद्युत शर्तबाट आगलागी हुन्छ भृकुटीमण्डप क्षेत्रमा सबैतिर विद्युतको पहुँच छ, त्यसको सही सदुपयोग हुन नसके खतरा निम्तिन सक्छ ।खाना पकाउने ठाउँको ग्यासहरु विद्युतीय सामग्रीबाट जोगाएर त्योभन्दा माथि राख्नुपर्छ  विद्युतीय सामग्री सँगसँगै हुनुभएन अलि टाढा हुनुपर्छ प्रमुख श्रेष्ठले भन्नुभयो यति मात्रै गरे पनि भान्छाबाट आगो लाग्ने कुरामा कमी ल्याउन सकिन्छ ।

यस्तो ठाउँमा आगो लाग्दा कस्तो सावधानी अपनाउने भन्ने कुराको ज्ञान नहुँदा ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । आगलागी हुनबाट बच्न सधैँ सतर्क हुनुपर्छ । गर्मीमा त्यसै आगोको उच्च जोखिम हुन्छ, जाडोमा पनि जहाँ पायो त्यहाँ आगो बाल्नुभएन उहाँले भन्नुभयो, विद्युतीय सामग्री मल्टीप्लगजस्तो सामान राख्दा ध्यान दिनुपर्ने हुन्छ ।

दमकलको काम आगो लाग्यो भने कसरी छिटोभन्दा छिटो निभाउने हो, प्रमुख श्रेष्ठले भन्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu