Connect with us
Kapilvast Forest

गोरखामा बाढी, चार घर र पुल बगायो

२०८३, २१ भाद्र आईतवारमा प्रकाशित

गोरखा । गोरखाको हिमाली क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने नाम्रुङ खोलामा आएको बाढीले चार घर र एक झोलुङ्गे पुल बगाएको छ ।

आइतबार बिहान आएको बाढीले चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङकानुर्वुमा नुर्वु छिरिङ, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनका घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

बाढीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । बाढीले सोही क्षेत्रमा रहेको झोलुङ्गे पुलसमेत बगाएको छ ।

खोलाको मुहानतर्फ केही समय पानी थुनिएर बसेपछि लेदोसहित आएको बाढीले ठूलो क्षति पु¥याएको हो।
नाम्रुङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले बाढीको जोखिमलाई ध्यानमा राख्दै बूढीगण्डकीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu