Connect with us
Kapilvast Forest

रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा

२०७९, १४ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौँ- ऊर्जा,जलस्राेत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताउनुभएको छ ।

मङ्गलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।

मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताउनुभयो । उहाँले मुलुकभित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको बताउनुभयो ।

मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताउनुभयो ।

उहाँले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढे पनि विद्युतीय यातायातको सोच जस्तो विकास नभएको बताउनुभयो ।

उहाँले रुस र युक्रेन युद्धका कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा सङ्कट भएको बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu