Connect with us
Kapilvast Forest

बालेनको कारबाही लहर अरु सहरतिर पनि फैलिँदै

२०७९, १५ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं महानगरका मेयर बालेन साहले सुरु गरेको अनधिकृत संरचना हटाउने अभियानको देशव्यापी प्रभाव पर्न थालेको छ । काठमाडौंका सार्वजनिक क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचना तथा महानगरद्वारा तोकिएको मापदण्डविपरीतका निजी निर्माणहरूमा एक्स्काभेटर कारबाही थालेसँगै यसको देशव्यापी सकारात्मक असर देखिन थालेको हो ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर ३५ दिनभित्र अरनिको राजमार्ग र त्यस वरपरका अनधिकृत संरचनाहरु हटाउन भनेको छ ।मध्यपुर थिमि नगरपालिकाले जारी गरेको सूचनामा नगर क्षेत्रमा पर्ने अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरु, भित्री सडकहरुमा मापदण्ड विपरीत निर्माण भएका र अतिक्रमण भएका संरचना ३५ दिनभित्र नहटाए कानुनी कारबाही थाल्ने उल्लेख छ ।

पोखरा महानगरपालिकाले पनि दोस्रोपल्ट सूचना निकालेर अनधिकृत संरचना हटाउन सूचना निकालेको छ । पोखराले यसअघि पनि अनधिकृत संरचना हटाउन भने पनि सम्बन्धितले अटेर गर्दै आएका थिए ।

काठमाडौं महानगरमा बालेनले सपिङ मललगायतले नक्सा विपरीत बनाएका अनधिकृत संरचना हटाउन सुरु गरेपछि पोखराले दोस्रो पटक सूचना जारी गरेको हो ।

सडक छेउमा अनधिकृत निर्मित संरचना हटाउन धनगढी उपमहानगरपालिका कार्यालयले निर्देशन दिइसकेको छ । यसअघि हेटौंडा उपमहानगरपालिका कार्यालयले पनि अनधिकृत निर्माण गरेका संरचना खाली गर्न सूचना निकालिसकेको छ ।

कतिपय नेताहरुले बालेनले निजी सम्पत्तिमा जबर्जस्ती गरेको भन्दै आपत्ति र चुनौती दिन थालेका भए पनि आम रुपमा यसले प्रभावकारी असर पारेको देखिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu