Connect with us
Kapilvast Forest

जङ्गी अड्डामा भारतीय सेनाध्यक्ष र प्रधान सेनापतिबीच भेटवार्ता

२०७९, २० भाद्र सोमबारमा प्रकाशित

काठमाडाै- भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान भद्रकालीस्थित जङ्गी अड्डामा दुई देशका सैनिक प्रमुखबीच भेटवार्ता भएको हो ।

प्रधानसेनापति शर्मालाई भेट्नुअघि सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो । सो अवसरमा उहाँले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गर्नुभयो ।

दुई देशका सैनिक प्रमुखबीच भेटवार्तापछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
प्रधानसेनापति शर्माको औपचारिक निमन्त्रणामा पाण्डे आइतबार पाँच दिवसीय नेपाल भ्रमणमा आउनुभएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu