अर्घाखाँची एमालेबाट रायमाझी सर्वसम्मत उम्मेदवार
अर्घाखाँची- नेकपा एमाले अर्घाखाँचीले टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो ।
यसअघि प्रदेश सभा ‘क’ मा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य चेतनारायण आचार्य र प्रदेश सभा ‘ख’ मा पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेलाई पार्टीले सर्वसम्मत सिफारिस गरेको थियो ।