Connect with us
Kapilvast Forest

म्यादीको तलब ५० हजार १६० रुपैयाँ

२०७९, २२ भाद्र बुधबारमा प्रकाशित

File photo

काठमाडौँ — आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीले तलब/भत्ता, रासन, खाजाखर्च लगायतमा एकमुष्ट ५० हजार रुपैयाँभन्दा बढी रकम पाउने भएका छन्।

२०७९ मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि ‘म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ स्वीकृत गर्दै गृह मन्त्रालयले ४० दिनको कार्यअवधि तोकेर म्यादी प्रहरीलाई तलब/भत्ता, यातायात खर्च, खाजा, पोशाक, रासन लगायत शीर्षकमा प्रतिव्यक्ति एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ उपलव्ध गराउने भएको हो । केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिसकेको छ ।
मापदण्डमा म्यादी प्रहरीले प्रहरी जवानको आधारभूत तलबमान अनुसार प्रतिव्यक्ति दैनिक ८ सय ६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७ सय ६०, रासन भत्ता बापत ७ हजार २ सय, पोशाक भत्तालाई ६ हजार, यातायात खर्चबापत एक पटकका लागि १ हजार र खाजा खर्चलाई दैनिक ३ सय रुपैयाँका दरले ४ दिनको १ हजार २ सय गरी एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ र हिमाली भेगमा खटिनेलाई ज्याकेट किन्न थप १ हजार रुपैयाँ उपलब्ध गराइने उल्लेख छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu