Connect with us
Kapilvast Forest

कप्तान लामिछानेविरुद्ध पक्राउ पुर्जी

२०७९, २३ भाद्र बिहीबारमा प्रकाशित

sandip

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

१७ वर्षीया किशोरीले लामिछानेविरुद्ध गत बुधबार बलात्कार आरोपमा जाहेरी दिएकी थिइन्।

मुलुकी अपराध (संहित) ऐन, २०७४ को परिच्छेद १८ को दफा २१९ को ‘जर्बजस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ।

लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट खेल्न वेस्टइन्डिजमा भए पनि प्रहरीले उनीविरुद्ध प्रमाण संकलन गर्ने र अनुसन्धान गर्ने कार्य अघि बढाइरहेको छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu