सन्दिपलाई क्यानले गर्याे निलम्बन
काठमाडाै – राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् ।
१७ वर्षकी किशाेरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टाेलीबाट निलम्बन गरेकाे जनाएको छ ।
यसैबीच लामिछानेलाई पक्राउ गर्न आज बिहीवार जिल्ला अदालत काठमाडाैले अनुमति दिएको छ । अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने प्रहरीले जनाएकाे छ ।
लामिछाने अहिले देशबाहिर छन् । लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।