Connect with us
Kapilvast Forest

जाजरकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

२०७९, २४ भाद्र शुक्रबारमा प्रकाशित

जाजरकोट- जाजरकोटको नलगाड नगरपालिका – ८ मालुवातडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

रुकुम पश्चिमको राडी देखि तल्लुवगर तर्फ जाँदै गरेको भे.१ ख. ३७३६ नम्बरको मिनी ट्रकको ब्रेक फेल भई दुर्घटनामा परेको हो।

दुर्घटनामा परी ल्यान बनगाड कुभिण्डे दह नगरपालिका वडा नं. ५ का १८ वर्षीय आशिष् गन्धर्वको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै रोल्पाको गङ्गादेव गाउँपालिका ३ बस्ने ३० वर्षीय नवीन डाँगी र ट्रक चालक सुर्खेत भेरी गङ्गा नगरपालिका ६ बस्ने वर्ष ५० को लक्षिराम विक घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घाइतेहरू दुबैकाे अस्पतालमा उपचारको भईरहेकाे छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu