महारानी एलिजाबेथ द्वितीय नेपाल सम्बन्ध,दुई पटक नेपाल आएकी थिइन्
काठमाडौँ — महारानी एलिजाबेथ द्वितीय गोर्खालीकै सुरक्षा घेरामा बेलायतको राजदरबारमा हुर्के/बढेकी हुन् । दुई पटक नेपाल आएकी उनी नेपालीलाई माया गर्ने बेलायती महारानीका रूपमा चिनिन्छिन् । सात दशक सत्ता सम्हालिसकेकी उनले नेपालसहित विश्वका १ सय १७ मुलुक घुमिसकेकी छन् ।

नेपालमा समेत लोकप्रिय रहेकी उनले दुई पटक नेपालको राजकीय भ्रमण गरेकी थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार एलिजाबेथ द्वितीय र राजकुमार प्रिन्सले सन् १९६१ र १९८६ मा नेपालको दुई पटक भ्रमण गरेका हुन् । दोस्रो विश्वयुद्धपछि अमेरिकाले नेतृत्व गरेको पश्चिमा र तत्कालीन सोभियत युनियनबीच शीतयुद्धको समय चलिरहँदा एलिजाबेथ–दम्पती नेपाल आएको थियो । सन् १९६१ मा पहिलो पटक आउँदा उनीहरूलाई काठमाडौंको त्रिभुवन विमानस्थलमा तत्कालीन राजा महेन्द्र र रानी रत्नले स्वागत गरेका थिए ।
गत जेठमा बेलायतस्थित नेपाली र ब्रिटिस गोर्खा समुदायले पनि रानीको हीरक महोत्सव विभिन्न कार्यक्रम गरी मनाएको थियो भने नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सैनिक परेड, ‘थ्यांक्स गिभिङ’ र रिसेप्सन समारोहमा सहभागिता जनाएका थिए । उक्त अवसरमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि महारानीलाई बधाई सन्देश पठाएकी थिइन् ।