लुम्बिनी लेकसेवाले माग्याे१ सय ७ जना कर्मचारी
बुटवल – लुम्बिनी प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि १ सय ७ जना कर्मचारीको माग गरेको छ।
कर्मचारी समायोजन ऐनको दफा १२ को व्यवस्था अनुसार प्रदेश सरकारले खुला तथा समावेशी आधारमा विभिन्न पदमा दरखास्त माग गरेको हो। जस अनुसार प्रदेश निजामती सेवा अन्तरगतको प्रशासन सेवा अप्राविधिक ५औँमा १६ जना र स्थानीय सरकारी सेवा अन्तरगत प्रशासन सेवा अप्राविधिक ५औँमा ९१ जनाको माग गरिएको छ।
हेर्नुहोस् विज्ञापन 