Connect with us
Kapilvast Forest

थारू समुदायका महिलाहरुले खर जितिया मनाउदै

२०७९, १ आश्विन शनिबारमा प्रकाशित

तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया (शुद्ध जितिया) सुरु गरेका छन् ।

सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारु महिलालगायत अन्य समुदायले जितिया सुरुवात गरेका हुन् ।

योसँगै तराईका गाउँघर र काठमाडौंमा बसोबास गर्दै आएका थारु महिलाहरुले यस वर्ष चार ठाउँमा धुमधाम जितिया मनाउने तयारी गरेका छन्। यसअघि २०७६ सालमा खर जितिया परेको थियो ।

खर जितियामा नयाँ विवाहिता महिलाहरुले जितियाको सुरुआतसमेत गरेको थारु संस्कृतिविद् भुलाई चौधरीले बताए।

उनले अनलाइनखबरसँग भने, ‘ थारू समुदायको महान् पर्व हो- जितिया।महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन्। थारू समुदायमा जब मान्छे मर्नबाट संजोगवश जोगिन्छ तब भनिन्छ, ‘तिम्री आमाले जितिया व्रत लिएकी हुनाले तिमी बाँच्यौ। नव विवाहिताहरुको जितियाको प्रारम्भ पनि खर जितियादेखि नै गर्न पाउँछन् ।’

मुख्यतः पुर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा धुमधामका साथ जितिया पर्व मनाउने गरिएको उनको भनाइ छ । चितवन र नवलपरासीका थारु महिलाहरु झम्टा पार्ने (नाँच/गान) गर्ने चलन छ ।

काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाहरुले २०६२ सालदेखि परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउने गरेका छन् ।

यसवर्ष पनि थारु महिला समाजले भृकुटीमण्डपस्थित पर्यटन बार्डमा, थारू महिला सभा काठमाडौँ उपत्यका समितिले राष्ट्रिय नाँचघर जमलमा र थारु कला तथा विकास मञ्‍चले ललितपुरको कुपण्डोलमा एकै दिन जितिया पर्वलाई महोत्सव मनाउन लागेका हुन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu