चन्द्रौटामा ७ लाख चोरी
कपिलवस्तु-पछिल्लो समयमा कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बजार आसपासमा चोरीका घटना बढ्न थालेको छन् । चोरहरूले घर फोड्ने,ढोकाहरू फोड्नु तथा घरमा कोही नभएको मौका छोपी नगद तथा जिन्सी सामानहरू चोरी हुने गरेका छन् ।
दशैको अवसरमा घरमा कोही नभएको मौका छोपी चन्द्रौटा सशस्त्र चेक पोस्ट नजिकै सिता भारतीको घरमा चोरी भएको छ । नगद १ लाख ५५ हजार र ५ तोला भन्दा बढिका गरगहना चोरी भएको छ । शनिवार घर आउँदा घरका ढोका तोडेर दराजमा रहेका नगद तथा सामानहरू चोरी भएको भारतीले बताउनुभयो ।
भारतीका अनुसार नगद र सामान गरी ७ लाख भन्दा बढीको चोरी भएको बताउनुभयो । छतमा रहेको आलमोनियमको ढोका फोडेर चोर घर भित्र पसेको बताइएको छ । चोरीको घटना बारे प्रहरी अनुसन्धान सुरु गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । चोरी गनेए व्यक्तिको खोज कार्य भइरहेको र सबै जनाले सामान तथा नगद सुरक्षित साथ राख्न प्रहरीले आग्रह गरेको छ ।