Connect with us
Kapilvast Forest

बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन

२०७९, २६ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं- नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका महासचिव वेदुराम भुसालले आज विज्ञप्ति जारी गर्दै पार्टीको सहमति विपरीत उम्मेदवारी दिएकाहरुलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।

‘आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका सन्दर्भमा गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका हाम्रो पार्टीका सबै साथीहरूलाई निर्धारित समय २०७९ असोज २६ गते दिउसो १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन गरिन्छ,’ महासचिव भुसालले भनेका छन् ।

पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा पार्टीले कारबाही गर्ने पनि उनले बताएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu