Connect with us
Kapilvast Forest

सन्धिखर्क खाँचिकोटका पहिरोबाट विस्थापित विद्यालयमा बास

२०७९, २७ आश्विन बिहीबारमा प्रकाशित

अर्घाखाँची- सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन्। उनीहरू अहिले विद्यालयमा बसेका छन्।

पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ दलित परिवारका १६१ जना विस्थापित बनेका वडा अध्यक्ष चुराबहादुर केसीले जानकारी दिए। उनीहरूलाई स्थानीय चन्द्रप्रभा माध्यमिक विद्यालयको भवनमा राखिएको छ। चार गर्भवती र चार सुत्केरीसमेत विद्यालयमा बसेका छन्।

गाउँका केही घर पहिराले भत्किएका छन्। केही घर उच्च जोखिममा छन्। सिंगो गाउँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिए।

विद्यालयमा बसेका पहिरो पीडितलाई उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गरेको छ। उद्योग वाणिज्य संघ अर्घाखाँचीले चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री पहिरो पीडितलाई हस्तान्तरण गरेको उद्योग वाणिज्य संघका महासचिव तुल्सी खनालले बताए।

पहिरोमा परेर घर गुमाएका भुजुंगेका दलित परिवारलाई २० थान कम्मल र २० थान म्याट प्रदान गरेको नेपाल रेडक्रस सोसाइटीका अर्घाखाँची शाखाका सभापति कुशल भुसालले जानकारी दिए।

अर्घाखाँचीमा अविरल वर्षाका कारण खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। एक बालक खोलाले बगाएर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए। पहिरोले अर्घाखाँची जिल्लामा १११ परिवार विस्थापित भएका छन्। उनीहरूलाई विद्यालय, आफन्तको घर तथा सार्वजनिक स्थानमा बासको व्यवस्था मिलाएको प्रजिअ घिमिरेले बताए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu