Connect with us
Kapilvast Forest

प्रधानमन्त्री देउवाद्वारा जसपाका मन्त्रीहरु पदमुक्त

२०७९, २७ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट आफू नेतृत्वको सरकारमा मन्त्रीभएकाहरुलाई पदमुक्त गर्नुभएको छ । जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले सो दलबाट मन्त्रीभएकालाई आज बिहीबार पदमुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले जसपाबाट मन्त्रीभएका राजेन्द्र श्रेष्ठ (सङ्घीय मामिला तथा सामान्य मन्त्री), मृगेन्द्रकुमार सिंह यादव (कृषि तथा पशुपन्छी विकास मन्त्री), मोहम्मद इस्तियाक राई (भौतिक पूर्वाधार तथा यातायात मन्त्री), प्रदीप यादव (वन तथा वातावरण मन्त्री) लाई संविधानको धारा ७७ को उपधारा २ (ख) अनुसार मन्त्रीहरूलाई पदमुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाको सिफारिसमा मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी हेरफेर गर्नुभएको छ । मन्त्रीहरूले सम्हाल्दैआउनुभएको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

सोहीअनुसार संविधानको धारा ७८ बमोजिम कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ६ महिनाका लागि नियुक्त हुनुभएका गोविन्द प्रसाद शर्मा (कोइराला) को पदावधि सकिएकाले प्रधानमन्त्री देउवाकै सिफारिसमा सो मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी राष्ट्रपति भण्डारीले तोक्नुभएको जारी विज्ञप्तिमा जनाइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu