जिते लगत्तै मन्त्री बनेर सेवा गर्छु: शाह
सनिउल्ला धोबी,
कपिलवस्तु- नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले अब मन्त्री बन्ने पालो आफ्नो रहेको बताउनु भएको छ । म विगतमा सांसद रहेपनि मन्त्री बन्न सकेन अब पार्टीले मलाई मन्त्री बनाउने शाहले दाबी गर्नुभयो ।
लोकतान्त्रिक बाम गठबन्धद्धारा आयोजित कपिलवस्तुको शिवराज ३ देउराली रिर्सोटमा अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाहले अब जिते लगत्तै मन्त्री बन्ने बताउनुभयो ।
कपिलवस्तुको क्षेत्र नं ३ का नागरिकहरुको सुखदुखमा हरपल हरदम सहयोग गरेकाले लोकतान्त्रिक, बाम गठबन्धनका सबै उम्मेद्धार भारी मतले जित्ने शाहले बताउनुभयो ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं ३ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार एहशान अहमद खाँनले क्षेत्रको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रिय सदस्य रुपा विकले गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्ताको अभिभारा रहेको बताउनुभयो । कार्यक्रममा कपिलवस्तु क्षेत्र नं ३ अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव प्रेम बहादुर रायमाझी, माओवादी केन्द्रका नेता तथा सामानुपातिक उम्मेदवार उमा विक, माओवादी केन्द्र प्रदेश सदस्य दिनेश पुन, जनमोर्चाका नेता केर सिहं आदैँ लगायतले सम्बोधन गर्नुभको थियो ।