सन्धिखर्क देखि नयाँ दिल्ली बस सेवा सुरू, भाडा ३२ सय
अर्घाखाँची- अर्घाखाँचीकाे सदरमुकाम सन्धिखर्कबाट भारतकाे नयाँ दिल्लीकाे लागि बस सेवा सञ्चालनकाे भएको छ ।नेपाल भारत मैत्री बस पश्चिम नेपाल बस व्यवसायी द्वारा सञ्चालन ल्याईएकाे हाे ।
बस सेवाकाे सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयाे ।
बसमा ३६ सिट रहेकाे छ भने यात्राकाे लागि २ चालक, २ परिचालक व्यवस्था गरिएको छ । बसकाे भाडादर ३ हजार २ सय नेपाली (भारतीय २ हजार ) रहेकाे छ ।
अहिले हप्ताकाे ३ दिन सञ्चालन हुने मागअनुसार थप्न सकिने पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. अर्घाखाँची शाखा प्रमुख कमलप्रसाद भट्टराईले बताउँनुभयाे ।
साेमबार, बुधबार र शुक्रबार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधबार, शुक्रबार र आईतबार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि छुट्ने छ ।