Connect with us
Kapilvast Forest

रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७९, १९ मंसिर सोमबारमा प्रकाशित

बुटवल- रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका-२ स्थित हिरापुरमा रा १ ख ७१३ नम्बरको टिपरले लु २० प १९५७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो।

सो दुर्घटनामा बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयाे ।
दुर्घटनामा परि गम्भीर घाइते भएका शर्माको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।