दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश
कास्की- गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएकाे छ ।
सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराउनु भएकाे हाे ।
मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित हुनुभएको थियाे ।
अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका मन्त्री हुन्। उनले आफ्नो विचार सिद्धान्त मिल्ने भएकाले समाजवादीमा प्रवेश गरेको जनाएका छन्।
मनाङ्गेले एक बिज्ञप्ति जारी गर्दै, ‘अतः मेरो यस पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक पार्टीहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवी, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मिति देखि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) मा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु।’