Connect with us
Kapilvast Forest

कपिलवस्तुको ८ पालिकामा छैन बसपार्क

२०७९, २५ मंसिर आईतवारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तु-कपिलवस्तुको अधिकांस शहर बजारमा बसपार्क नहुदा सडकमै गाडी पार्किङ्ग गर्नै चलनले यहाका सडक अस्तव्यस्त देखिन्छन । जिल्लाको १० पालिका मध्ये ८ पालिकामा बसपार्क नहुदाँ सडकमै गाडी पार्किङ्ग हुने गरेको छ । जिल्लाको शिवराज नगरपालिका, बुद्धभुमी नगरपालिका, बाणगंगा नगरपालिका र महाराजगंज नगरपालिकामा बसपार्क छैन । त्यस्तै यहाँको विजयनगर, यशोधरा, मायादेवी र शुद्धोदन गाँउपालिकामा समेत बसपार्क निर्माणको लागि अझैसम्म कुनै पहल भएको पाइदैन ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका र कपिलवस्तु नगरपालिकाको तौलिहवामा बसपार्क भएपनि त्यहाँ बसपार्कमा गाडी नै हुदैन सबैले सडकमै आप्नो आप्नो गाडी पर्किङ्ग गरेको पाइन्छ । कपिलवस्तुका पालिका प्रमुखहरुले न्युज सेन्टर नेपालसगं कुरा गर्दे अब बसपार्क बनाउन पहल गर्ने आश्वासन दिएका छन । कपिलवस्तुको मुख्य व्यपारिक नगरिको रुपमा स्थापित भैरहेको चन्द्रौटा, जितपुर चारनम्बर, गोरुसिगे, मर्जादपुर, बहादुरगन्ज, महाराजगन्जमा बसपार्क निर्माण हुन नसक्दा गाडी पार्कीङ गर्नमा कठिनाई भरहेको छ ।

स्थानिय सरकारले बसपार्कको मुद्धा जोडदारले उठाए पनि भने अनुसारको काम नगर्दा नागरिकहरु स्थानिय सरकार प्रती रुष्टता व्यक्त गरेका छन । पालिका प्रमुखहरुले बसपार्कको मुद्धा भुलेर अन्य काममा रुम्लीएको स्थानिय सिमान्त गिरीले बताउनुभयो ।

बस सञ्चालनमा आएको ५ दशक वित्नै लाग्दा समेत कपिलवस्तुको मुख्य मुख्य शहरमा अझै व्यवस्थित बसपार्क बन्न नसक्दा समस्या भैरहेकोछ । अन्य जिल्लाको तुलनामा कपिलवस्तुको मुख्य मुख्य शहर बाजारमा गाडी चाडँै पुगे पनि व्यवस्थित बसपार्क नहुदा गाडी पर्किङ्ग गर्न कठिनाई भएको गाडी चालकहरुले बताउछन ।

उचित बसपार्क नहुदा दैनिक सवारी दुघाटनाका समाचारहरु आएको चन्द्रोटाका रहिश शाहले बताउनु भयो । चन्द्रौटामा पनि दैनिक हजारौ गाडाी ओहोरदोहोर हुदा समेत बसपार्क नहुदा बाजार गर्न आउने देखी लिएर यहाका व्यपारीहरुलाई समेत निकै समस्या भैरहेको शाहको भनाई रहेको छ ।

भारत सरकारको सहयोगमा २०२८ सालमा पुर्व पश्चिम लोकमार्ग निर्माणसंगै २०३० सालदेखी कपिलवस्तुमा बससेवा सञ्चालनमा आएको थियो । कपिलवस्तुमा दैनिक सयको हाराहारीमा नेपालका मुख्य शहर लगायतका अधिकांश जिल्लामा लामो तथा छोटो दुरीका विभिन्न समितिका बस सेवा सञ्चालनमा रहेका छन ।