Connect with us
Kapilvast Forest

समानुपातिक सांसद घोषणा गर्दै निर्वाचन आयोग

२०७९, २८ मंसिर बुधबारमा प्रकाशित

election

काठमाडौ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदहरूको सूची आज सार्वजनिक गर्दै छ।

आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज दिउँसो साढे १ बजे समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य बनेकाहरू निर्वाचित भएको घोषणा गर्ने कार्यक्रम छ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभा तर्फ २२० जना सांसद चुनिएका छन्।

समानुपातिकमा ‘थ्रेसहोल्ड’ (कूल सदर मतको ३ प्रतिशत) कटाएर राष्ट्रिय दलसमेत बनेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले आफूले प्राप्त गरेको समानुपातिक सिट संख्याअनुसार बन्दसूचीबाट समावेशिता (क्लस्टर) मिलाएर आयोगमा नामावली पेस गरेका थिए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu