सातौं चन्द्रौटा महोत्सव असुरक्षित
सनिउल्ला धोबी-
कपिलवस्तु- चन्द्रौटामा आज देखी सुरु भएको सातौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७९ को विमा नहुदाँ सिगाँे महोत्सव असुरक्षित भएको छ । महोत्सवमा रहेका स्टल र खेल सामाग्रीको विमा नहुदाँ व्यपारिहरु तथा मेला हेर्न आएका दर्शकहरु समेत असुरक्षित भएको छन ।
महोत्सव आयोजक व्यपार संघ कपिलवस्तुले महोत्सवको स्टेज समेतको विमा नगर्दा स्टेजमा प्रमुख अतिथी बनेर आउनु भएकी राष्ट्रिय सभा सदस्य विमला घिमिरे, विशिष्ट अतिथि प्रदेश सभा सदस्य अर्जुन कुमार केसी लगायत अन्य अतिथिहरु समेत असुरक्षित तबरले मेलामा सहभागी हुनुभएको थियो । स्टेज भत्कीने, आगो लाग्ने र विद्युत प्रवाह भई दुर्घाटन हुन् सक्ने सम्भावना रहेकाले विमा गर्नु पर्ने नियम रहेको छ ।
कुनै पनि मेला महोत्सव लगाउदाँ विमा अनिर्वाय गर्नु पर्ने प्रवधान भएपनि महोत्सव आयोजक व्यपार संघ कपिलवस्तुले आर्थिक रकम बचाउनका लागि स्टलको विमा नगरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख धमेन्द्र कुमार मिश्राले प्रचलित कानुन बमोजिम मेला महोत्सवको विमा गर्नु पर्ने बताउनुभयो । व्यपार संघ कपिलवस्तुले नियमसगंत महोत्सवको विमा गरेको छैन भने तत्काल विमा गर्न अनुरोध गर्ने प्रमुख जिल्ला अधिकारी मिश्राले जानकारी दिनुभयो ।
सातौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवका स्टल संयोजक नवराज न्यौपानेले अझैसम्म कुनै पनि विमा नभएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो “महोत्सवको विमा भएको भोली विमा हुन्छ, हामी लागि परेका छौँ ।”
मेला महोत्सवको सबैभन्दा खतरनाक खेल सामाग्रीको अनिवार्य विमा नहुदाँ मेला हेर्न गएका स्थानियहरु दुर्घाटनामा पर्दा समस्यामा पर्ने कुनै पनि रकम पाउने छैन्न । यसरी आम नागरिकको भविष्य माथि खुलेआम खेलवाड गर्न कसैलाई छुट नभएको नागरिक समाजका आगुवाहरुले बताएका छन ।