Connect with us
Kapilvast Forest

प्रचण्ड प्रधानमन्त्री बने तर माओको सिद्धान्त बिर्सिए :विप्लव

२०७९, ११ पुष सोमबारमा प्रकाशित


सनिउल्ला धोबी, कपिलवस्तु-

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द(विप्लव) ले प्रचण्ड माओवाद सिद्धान्त विर्सिएको बताउनुभएको छ । महासचिव विप्लवले आज प्रधानमन्त्री पदको सपथ लिनुभएको प्रचण्डले माओवादलाई कहिल्यै आत्मासात नगरको आरोप
लगाउनुभयो । महासचिव विप्लवले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड एकै प्रवितिको भएको दुवै सत्तालिप्त नेता भएको बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुले शिवगढिमा आयोजित १३०औँ माओ दिवसलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालमा एकीकृत जनक्रान्ती गर्न सबै कम्युनिष्ट एक जुट हुन महासचिव विप्लवले आग्रह गर्नुभको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले काठमाडौ महानगरका मेयर बालेन शाहले सुकुम्बासीलाई दुख दिएकाले बालेन विरुद्ध सडकमा उर्त्रीन निर्देशन दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष रिसि कट्टेलले माओलाई हरेक दिन सम्झाना गर्नु पर्ने बताउनु भयो । माओसेतुङ्गले चिनियाँ क्रान्तिबाट ल्याएको परिवर्तन जस्तै नेपालमा माओको विचार मान्नेहरु अब क्रान्तिको पक्षमा लाग्नु पर्ने अध्यक्ष कट्टेलले बताउनु भयो । उत्पीडित समुदायलाई राज्यसत्तामा पुर्याइ उनिहरुको स्तरअघि बढाउन माओका विचार अनुसार लाग्नु पर्ने बताउनु भयो । नेपालमा क्रान्तिको मोडल परिवर्तन गरी सबै कम्युनिस्ट एकजुट हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वैज्ञनिक समाजवादी पार्टी महासचिव विश्वभक्त दुलाल (आहुती) ले नेपालका कम्युनिष्टहरु चिनियाजस्तै अग्रसर हुनुपर्ने बताउनु भयो । चिनियाहरु क्रान्तिबाट सफल भएकाले नेपालका सबै मजदुर, किसानहरु क्रान्तिको नेतृत्व गर्नु
पर्ने जानकारी दिनुभयो । आज प्रधानमन्त्री पदको सपथ लिइरहनु भएको प्रचण्ड माओवाद विर्सिएको आरोप लगाउनु भयो । माओको विचारहरु आत्मसात गरि
अघि बढ्नु पर्ने बताउनु भयो । माओका तीन हतियार जस्तै पार्टी, सेना र संयुक्त मोर्चा अनुसार हामी नेपाली कम्युनिस्टहरु अघि बढ्नु पर्ने आहुतीले बताउनु भयो । क्रान्ति सफल बनाउनका लागि उत्पीडित सामुदाय एक जुट हुनुपर्ने
बताउनु भयो ।

नेकपा समाजवादी माओवादी केन्द्र अध्यक्ष कर्णजित बुढाथोकी (सुनिल) ले प्रचण्डले सत्ताको क्रान्तिको बाटो विर्सेको बताउनु भयो । प्रचण्डको सत्तालिप्त अभ्यासले माओवादी बदनाम भएको भताउनु भयो । अबको यात्रामा माओवादीहरु
नया रणनीति अनुसार अघि बढ्नु पर्ने सुनिलले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu