Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजवासी अन्धकारमा, शालिक बनाउन २५ लाख

२०७९, १३ पुष बुधबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु,
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ चोरखोला गाँउमा विद्युत नपुग्दा स्थानिय अन्धकारमा बस्छन तर शिवराज नगरपालिकाले शालिक बनाउन २५ लाख रकम विनियोजन गरेको छ । नगरवासी अन्धकारमा बस्न बध्यभएको अवस्थामा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले पृथ्वी नारायण शाहको शालिक बनाउन २५ लाख रकम विनियोजित गर्नुभएको हो ।

शिवराज नगरपालिका वडा नं ३ को वडा कार्यालयले नगरको खरेन्द्रपुरमा शालिक बनाउन २५ लाख विनियोजन गरेको नगर प्रमुख थापाले जानकारी दिनुभयो । राष्ट्र निर्माताको शालिक बनाउनका लागि रकम विनियोजन गरिएको भन्दै नगर प्रमुख थापाले जानकारी दिनुभयो । नगर प्रमुख अजय थापाले धनखोलामा विद्युतको लागि पहल भैरहेको बताए पनि अझै सम्म विद्युत पुग्न सकेको छैन ।

चोरखोला गाँउमा विद्युत नपुग्दा करिब ४० घर परिवार अन्धकारमा बस्न बध्य भएको चोरखोलका एमवि सेन्चुरीले बताउनुभयो । नगरपालिकासंग विद्युत ल्याउनका लागि पटक पटक भन्दा कुनै सुनुवाई नभएको सेन्चरीले बताउनुभो ।

शिवराज नगरपालिका वडा नं ३ को खरेन्द्रपुरमा राष्ट्रिय विभुती उद्यान बनाउन वडाबाट २५ लाख रकम विनियोजन गरेको कार्य नसुहाउदौँ रहेको चोरखोलाका विक्रम पुनले बताउनुभएको छ । शालिक भन्दा महत्वपुर्ण विजुली बत्ती रहेको पुनको भनाई रहेको छ ।

नगरका अधिंकास स्थानमा आवतजावत गर्नका लागि राम्रो सडक नभएको अवस्थामा शालिकको लागि २५ लाख विनियोजन गर्दा नगरप्रमुख पहिले विकासमा ध्यान दिनुपर्ने स्थानिय विकास पौडेलले बताउनुभयो ।

चन्द्रौटा दुजन कार्की भन्नुहुन्छ पहिले नगरको विकास गर्नुपर्छ शालिकको प्राथमिक्तका आधार पछी बनाउनु पर्छ । नगरका अधिंकास स्थानमा सडक पुगेका छैन नगरप्रमुख सस्तो लोकप्रीयताका लागि शालिक बनाउन लाग्नु गलत भएको कार्कीले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu