Connect with us
Kapilvast Forest

नयाँ वर्षमा छैन रौनक

२०७९, १७ पुष आईतवारमा प्रकाशित

विगतका वर्षहरुमा अंग्रेजी नयाँ वर्षहरुमा पनि दोलखाका होटल हरु भरिभराउ हुने गरेका थिए तर यो वर्ष भने होटलहरुमा खासै रौनक छाएको देखिँदैन । जिल्लाको मुख्य पर्यटकीय क्षेत्रमा पनि पर्यटकको चहलपहल खासै बढेको छैन ।

आन्तरिक तथा बाह्य पर्यटकले धानेको होटल क्षेत्रमा अंग्रेजी नयाँ वर्षमा रौनक नदेखिएको कालिन्चोक कुरीका होटल व्यवसायी हरि वलीले बताउनुभयो । जिल्लाको मुख्य पर्यटकीयस्थलका रुपमा चिनिने कालिन्चोक, जिरी शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पर्यटकको चहलपहल न्यून भएको पर्यटन व्यवसायीहरुको गुनासो छ ।

‘हरेक नयाँ वर्षले पर्यटन बजारमा छुट्टै रौनक ल्याउने गर्दथ्यो यसरी आउने रौनकलाई हामीले आफ्नो व्यापार विस्तारको राम्रो मौकाको रुपमा लिने गर्दथ्यौँ ।’, व्यवसायी वली बताउनुहुन्छ ।

जिल्लाका उच्च हिमाली क्षेत्रमा यो वर्ष हिमपात भएको छैन । गएको वर्षमा तीन पटक सम्म हिमपात भएकोमा यसपालि हिमपात नभएका कारण आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको कालिन्चोकका अर्का होटल व्यवसायी चन्द्रकुमार लामाले बताउनुभयो । धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोकमा आउने पर्यटकको पहिलो रोजाइ हिउँसँगै रमाउने रहेको थियो ।

हिउँ खेल्नकै लागि भारतीय मुलका पर्यटक समेत कालिन्चोक आउने गरेको व्यवसायी लामाले बताउनुभयो । कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी साना ठूला गरेर एक सय भन्दा बढि होटल छन् । दोलखा सदरमुकाम होटलहरुमा पनि पर्यटकको खासै चाप बढेको छैन । गएका वर्षहरुका पहिले नै बुकिङ भइसक्ने होटल यो वर्ष भने त्यस्तो अवस्था नरहेको चरिकोटका होटल व्यवसायी सुदर्शन कार्कीले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu