Connect with us
Kapilvast Forest

नेपाल प्रहरी अपराध नियन्त्रण गर्न अब्बल छ :डिआइजी उपाध्याय

२०७९, १७ पुष आईतवारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु- लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले  प्रहरीलाई सामाजिक अपराध नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । पछिल्लो समय समाजमा बढेको विभिन्न अपराधिक गतिविधीले गर्दा समाजमा नकरात्मक असर परेको हुदाँ प्रहरीहरु निशपक्ष भएर नागरिकको सेवामा सर्मपित हुन प्रहरी नायव उपरीक्षक उपाध्यायले आग्रह गर्नुभयो । कपिलवस्तुको गणेशपुरमा रहेको ईलाका प्रहरी कार्यालयको नव निर्मित कार्यालय भवन उदघाटन गर्दे उपाध्ययले प्रहरी नेता भन्दा नागरिकको पक्षमा हुनु पर्ने बताउनुभयो ।

भवनको उदघाटन गर्दै उहाँले नयाँ भवन निर्माण संगै आम नागरीकलाई दिने सेवा प्रवाहमा प्रहरीलाई थप उर्जा र हौसला मिल्ने विश्वास ब्यक्त गर्नुभयो । हरेक नागरिकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउन नसक्ने हुँदा प्रहरीको गाँस बास र कपासमा सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रम बोल्दै कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले नेपाल प्रहरीलाई भौतिक रुपमा समृद्ध बनाउने उदेश्यले सरकारको नियमित बजेटबाट भवन निर्माण भएको बताउनुभयो । नवनिर्मित भवनले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवा प्रवाह गर्न सहज बनाउनको साथै आवासको सुविधाले थप हौसला प्रदान गरेको सहायक प्रजिअ पौडेलले बताउनु्भयो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरूलाई भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोबल बढ्ने बताउनुभयो । सुविधा सम्पन्न भवन प्राप्त भएसँगै जोश र ऊर्जाका साथ नागरिकहरूको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनु भएको थियो ।

कार्यक्रम सम्बोधन गर्दै विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौँ नागरिक सुरक्षित हुने बताउनु भयो । नवनिर्मित भवन लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट २ करोड ३६ लाख ४४ हजार २ सय ४२ रुपैयाँ लागतमा २ तले कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu