Connect with us
Kapilvast Forest

एमाले संसदीय दलको नेतामा सरोज चयन

२०७९, २० पुष बुधबारमा प्रकाशित

मधेश प्रदेश सभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएको छ । मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा उहाँलाई चयन गरेको हो ।

मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिनुभयो । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका यादव महोत्तरी क्षेत्र नं. ४ (१)बाट निर्वाचित हुनुभएको थियो ।

दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार हुनुहुन्थ्यो । मधेश प्रदेशको सबैभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu