Connect with us
Kapilvast Forest

कृष्णनगरको १६ औं नगरसभामा ७० करोड ७९ लाखको बजेट

२०८३, ३ असार बुधबारमा प्रकाशित

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको १६औँ नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । नगरसभामा आगामी आर्थिक वर्षका लागि अनुमानि कुल ७० करोड ७९ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको आयव्यय विवरण (बजेट) छलफलका लागि प्रस्तुत गरिएको हो ।

प्रस्तुत बजेट अनुसार पुँजीगततर्फ २४ करोड ७७ लाख ८६ हजार २ सय ६० रुपैयाँ तथा चालुतर्फ ४६ करोड १ लाख ६७ हजार ३ सय ४० रुपैयाँ विनियोजन गरिएको छ । सभामा आर्थिक विधेयक २०८३/८४ र विनियोजन विधेयक २०८३/८४ समेत पेश गरिएको नगरपालिकाले जनाएको छ । नगरसभाले नीति तथा कार्यक्रम पारित गर्दै बजेटमाथि थप छलफलका लागि अर्को बैठक असार २९ गते बस्ने निर्णय गरेको छ ।

नगर प्रमुख रजत प्रताप शाहले नगरबासीको आवश्यकता र विकास प्राथमिकतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तथा बजेट तयार गरिएको बताउँदै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रमा विशेष जोड दिइएको बताए । उनले नगरको समग्र विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रस्तुत बजेट महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे ।

यस्तै उप-प्रमुख आरती देवी चौधरीले समावेशी विकास, महिला सशक्तीकरण तथा सामाजिक न्यायलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू अघि बढाइएको बताइन् । उनले नगरसभाबाट पारित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।

यस्तै १० नम्बर वडाका वडा अध्यक्ष तथा नगर प्रवक्ता हरिपाल चतुर्वेदीले सीमित स्रोत-साधनका बीच पनि नागरिकको आवश्यकता सम्बोधन हुने गरी योजनाहरू समेटिएको बताए । उनले नगरबासीको सक्रिय सहभागिता र सहयोगबाट नीति तथा कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे ।

  1. यसैगरी प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले बजेट तथा कार्यक्रम कार्यान्वयनमा पारदर्शिता, सुशासन र वित्तीय अनुशासनलाई विशेष महत्व दिइने बताए । उनले नगरवासीले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास निर्माण र सेवा प्रवाहका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu