Connect with us
Kapilvast Forest

नेपालको बिजुली किन्न बंगलादेशले खोज्यो भारतको निर्णायक भूमिका

२०७९, २३ पुष शनिबारमा प्रकाशित

काठमाडौं-बंगलादेशले नेपालबाट जलविद्युत आयात गर्न भारतसँग निर्णायक भूमिका निर्वाह गरिदिन आग्रह गरेको छ । बंगलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपाल र भुटानबाट जलविद्युतको आयात गर्न चाहेको भन्दै ‘देखिने गरी सहयोग गर्न’ भारत सरकारसँग प्रस्ताव गरको छन् ।

बुधबार नयाँदिल्लीमा भारत र बंगलादेशबीच विद्युत सहयोगसम्बन्धी द्विपक्षीय बैठकमा सहभागी भएका हमिदले ‘भिजिबल’ सहयोगका लागि आग्रह गरेका हुन् ।

बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व हमिदले भारतीय पक्षको नेतृत्व ऊर्जा तथा नवीकरणीय ऊर्जामन्त्री राजकुमार सिंहलाई नेपालबाट बंगलादेशमा बिजुली ल्याउने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

गत ९ भदौमा काठमाडौंमा भएको नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकमा नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu