Connect with us
Kapilvast Forest

१९ वर्षीय छोराले दिए ५२ वर्षीय बुवालाई कलेजो दान

२०७९, ३० पुष शनिबारमा प्रकाशित

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। विभिन्न कारणले ९ महिनादेखि रोकिएको कलेजो प्रत्यारोपण शुक्रबार राती सर्जन प्रा.डा. रमेश सिंह भण्डारी नेतृत्वको टिमले सफलतापूर्वक प्रत्यारोपण गरेको हो।

काठमाडौं बाहिरका ५२ वर्षीय पुरूषलाई उनका १९ वर्षीय छोराले कलेजो दान गरेको डा. भण्डारीले जानकारी दिए। सफलतापूर्वक नवौं कलेजो प्रत्यारोपण सम्पन्न गरेको जानकारी दिँदै डा. भण्डारीले बिरामीको अवस्था सामान्य रहेको बताए।

त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठ १८ गते पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न भएको थियो। त्यसयता डा. भण्डारीकै नेतृत्वमा ९ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

त्रिवि शिक्षणले २०७७ चैतमा ११ महिनाका बालकमा पनि सफल कलेजो प्रत्यारोपण गसिसकेको छ। जुन नेपालमै पहिलो बाल कलेजो प्रत्यारोपण थियो। त्रिवि शिक्षणले कलेजो प्रत्यारोपणमा प्राप्त गरिरहेको सफलता नेपाली बिरामीहरुलाई नेपालमै उपचार गर्न सहज हुदैं गएको छ।

कलेजोले शरीरमा चाहिने प्रोटिन, एन्टीबडी तथा शरीरको इम्युनिटीका लागि चाहिने तत्व तथा रगत ब्लिडिङ रोक्नका लागि चाहिने तत्वहरु बनाउने काम गर्छ। त्यस्तै खाएको खानामा रहेको टक्सिनलाई हटाउने लगायतको काम कलेजोले गर्छ।

कलेजोको समस्या जुनसुकै उमेरमा पनि हुन सक्ने चिकित्सकहरु बताउँछन्। नेपालबाट बर्षेनी ६० भन्दा बढी बिरामीले भारतमा गएर कलेजो प्रत्यारोपण गर्ने गरेको चिकित्सकहरु बताउँछन् । भारतमा हुने प्रत्यारोपणको खर्च भने निकै महंगो छ ।

आर्थिक रुपमा पनि विदेशमा गएर कलेजो प्रत्यारोपण गर्नुभन्दा नेपालमै गर्दा कम खर्च लाग्ने चिकित्सकहरु बताउँछन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu