Connect with us
Kapilvast Forest

शुक्रराज शास्त्रीको सालिकमा पुष्पगुच्छा अर्पण

२०७९, १० माघ मंगलवारमा प्रकाशित

काठमाडौं- शहीद सप्ताहको पहिलो दिन आज (मङ्गलबार) शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर काठमाडौं महानगरका प्रमुख एवम् शहीद सप्ताह मूल समारोह समितिका संयोजक बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले शहीदको सालिकमा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो ।

त्यस अवसरमा कार्यपालिका सदस्य, वडा सदस्य, महानगरका कर्मचारीसहित सर्वसाधारणले पुष्पगुच्छा चढाउनुभएको थियो । यो स्थानलाई वि.सं २०३५ सालमा तत्कालीन काठमाडौं नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो ।

शास्त्रीले नागरिक स्वतन्त्रताका लागि शासकबाट प्राण बक्सिस माग्नुभन्दा प्राणदण्ड स्वीकार गर्नुभयो । यो अहिलेका पुस्ताका लागि ठूलो सिकाइ हो । सभामा संक्षिप्त मन्तव्य राख्नुहुँदै महानगरका उपप्रमुख डङ्गोलले शास्त्रीको योगदानका विषयमा चर्चा गर्नुभयो ।

नेपाल भाषालाई व्यवस्थित प्रकाशन गर्नमा शास्त्रीको ठूलो योगदान छ । शास्त्रीले नागरिक जीवनको सहजताका लागि गर्नुभएको योगदानका विभिन्न आयाम छन् । उपसभामुख डङ्गोलले भन्नुभयो ।

यसैगरी, वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले एक दिन शहीद सम्झिएर नपुग्ने धारणा राख्नुभयो । उभिएर बोलेको कसुर लगाएर प्राणदण्ड दिने त्यो अन्धकारमय शासनलाई जनताका हातमा ल्याउन सहिदले गरेको योगदानको सम्मानमा धेरै काम गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

बोलेको भरमा मृत्युदण्ड दिने त्यो समय मन लागेको कुरा बोल्न पाइने यो दिनमा कसरी रूपान्तरण भयो ? त्यसका लागि कसले के योगदान गरेका थिए ? इतिहासको त्यो पक्ष बिर्सिन मिल्दैन भनाइ नेपाल आर्य समाजका अध्यक्ष डा. माधवप्रसाद उपाध्यायको छ । त्रिभुवन विश्वविद्यालय संस्कृत विभागका प्रमुख समेत रहनुभएको डा. उपाध्यायले शहीदहरूको बलिदानकीको सम्मानमा समन्वयात्मक कामको खाँचो रहेको जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu