Connect with us
Kapilvast Forest

परम्परागत संसदीय व्यवस्थामाथि प्रश्न

२०७९, १४ माघ शनिबारमा प्रकाशित

संसदीय व्यवस्थाको मुख्य पक्षधर कांग्रेस नै विपक्षी गतिविधि गर्न थालेपछि उसले पनि यो व्यवस्था नेपालमा काम नलाग्ने अवस्थामा पुग्यो भन्ने निष्कर्ष निकालेछ भन्नुपर्ने अवस्था आएको छ । अन्यथा ऊ आफ्नो इतिहास विरासत र विशेषता जोडिएको व्यवस्था विरुद्ध जाने थिएन होला ।

अन्ततः संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसद सचिवालयबाट प्रमुख विपक्षी दलको मान्यता पाएको छ । कांग्रेससहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समेत वर्तमान प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि नैतिक रूपमा र कानुनतः संसद प्रतिपक्षविहीन भएको छ ।

यद्यपि संसद सचिवालयले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको हैसियत दिइसकेको छ । संसदका पदाधिकारीको सेवा–सुविधा सम्बन्धी ऐनमा भनिएको छ मन्त्रिपरिषद्को गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेक प्रतिनिधिसभा वा राष्ट्रिय सभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्य भएको दलमध्ये सबभन्दा बढी सदस्य भएको दल विपक्षी दल हुनेछ ।

ऐनमा सरकारलाई समर्थन गरेको दल विपक्षी दल हुन नसक्ने प्रष्ट व्यवस्था हुँदाहुँदै पनि संसदले कुन आधारमा निर्णय गर्‍यो र यसको थप व्याख्या कसरी हुन्छ हेर्न बाँकी छ ।
कानुनतः स्वतः विपक्षी दल हुनुपर्ने कांग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै कानुनी राजनीतिक र नैतिक रूपमा विपक्षी दलको हैसियत गुमाएको विश्लेषण गरिएको थियो । विश्वासको मत पनि दिने र प्रतिपक्षको दाबी पनि गर्ने द्वैध चरित्रले ऊ सत्तापक्ष हुन तयार नभएकोे विपक्ष दल बन्न कानुन बाधक बन्ने अवस्था तत्काललाई टरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu