सूनको मूल्य घट्यो
काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख पाँच हजार आठ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख पाँच हजार आठ सय थियो ।