उद्घाटनको ६ महिनासम्म पनि बन्द छ बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
बुटवल- भदौमा तामझामका साथ उद्घाटन भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि नबन्दा महत्वपूर्ण संरचना प्रयोगमा आउन नसकेको हो ।
उद्घाटन समारोहमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र हालका अर्थमन्त्री विष्णु पौडेलसम्म सबैले सम्मेलन केन्द्र छिट्टै सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएका थिए ।