Connect with us
Kapilvast Forest

सञ्चारमन्त्री शर्माद्वारा हिमालयन विज्ञान मेला उद्घाटन

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

नेपालगञ्ज- प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको हिमालयन विज्ञान मेला मंगलबार उद्घाटन गर्नुभएकाे छ। नेपालगन्ज रंगशालामा हिमालयन साइन्स फाउन्डेसनद्वारा आयोजना गरिएको सो विज्ञान मेला उद्घाटन गर्दै मन्त्री शर्माले अहिले प्रविधिको युग भएकाले प्रविधिमा फड्को नमारेसम्म देश अगाडि नबढ्ने बताउनुभयो ।

उहाँले सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारका लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । विज्ञान र प्रविधिको विकासका लागि देशको हरेक क्षेत्रमा लगानी बढाउनुका साथै सबैलाई अवसर पनि प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

अहिले सञ्चार मन्त्रालयमा प्रविधि पनि जोडिएकाले अब मन्त्रालयले साइन्स र प्रविधिसँग जोडिएका अग्रजहरुलाई उचित सम्मान र मूल्यांकन गरिने मन्त्री शर्माले बताउनुभयो ।
संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले अहिलेको विज्ञान र प्रविधिले देशकाे विकासमा टेवा पुग्ने बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu