Connect with us
Kapilvast Forest

शिवगढीमा स्ट्रोबरी खेतीका लागी पूर्व साँसद शाह अध्ययन गर्दै

२०७९, २१ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तुको धार्मिक एवम् पर्यटकिय स्थल शिवगढीको डाडामा स्ट्रोबरी खेती गर्ने सम्बन्धमा अध्ययन गर्ने तयारी गरिएको छ । कपिलवस्तु क्षेत्र नं. ३ का पूर्व साँसद अभिषेक प्रताप शाहले काठमाण्डौंमा रहेको स्ट्रोबरी खेतीको अध्ययन गर्दै कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा पर्ने शिवगढी डाडामा पनि यसको खेती गर्न सकिने संभाव्यता अध्ययन गरिने बताउनु भएको छ ।

समुद्रि सतहबाट करिब १ हजार देखि २ हजार सम्मको उचाई सम्ममा स्ट्रोबरीको खेति गर्न सकिने भएकाले शिवगढीमा पनि समुद्री सतहबाट करिब १ हजार मिटरको उचाईमा रहेकोले र यसको उत्पादनको लागी पनि मौषम अनुकुल हुने भएकाले कृषि विज्ञ टोलीलाई अनुगमन गराई अनुसन्धान गर्न स्ट्रोबरी खेती अनुसन्धान त्रिभुवन विश्व विद्यालय अन्र्तगत इन्स्टिच्युट अफ एग्रिकल्चर एण्ड एनिमल साइन्स एग्रिकल्चर एण्ड फरेष्ट्री युनिभर्सिटी रामपुरको विज्ञ टोलीलाई शिवगढी ल्याई अनुसन्धान गर्न अनुरोध गरेको शाहले बताउनु भयो ।

पर्यटकिय र धार्मिक स्थलको रुपमा रहेको शिवगढीमा स्ट्रोबरी खेती गर्न सके एडभेन्चर ट्रयाक संगै व्यवसायिक रुपमा जोड्न सकिने शाहले बताउनु भयो । दुई दशक अगाडि जाइती नेपालले जापानी जातका बिरुवा ल्याएर नुवाकोटको ओखर पौवामा यसको खेती गरेको थियो। यसपछि नेपालमा स्ट्रोबरी व्यावसायिक खेती सुरु भएको हो।

हाल यसको उत्पादन नुवाकोट बाहेकका अन्य केही जिल्लामा फाट्टफुट्ट हुने गरेको छ। विशेषगरी यसको खेती ओखरपौवा मै सीमित छ भन्दा फरक पर्दैन । नेपालमा स्ट्रोबरीको विकास र विस्तार गर्न सके हजारौं युवालाई रोजगारी दिन सकिन्छ । यही तथ्यलाई मनन गरेर नेपाली कृषि वैज्ञानिकहरुले नेपालकै विभिन्न ठाउँमा यसको खेतीका लागि अनुसन्धान सुरु गरेका छन् ।

कपिलवस्तुका पुर्व संसद अभिषेक प्रताप शाहले आफ्नो क्षेत्र विकास योजना अन्तर्गत कृषि बिज्ञ सहित काठमाडौंबाट सिसडोल बन्चरे डाडा हुदै नुवाकोटको स्ट्रोबरी खेति भइरहेको स्थानको अनुगमन गर्नु भएको हो । शाह संग टोलिमा कृषि विज्ञ अमृत पौडेल, अनिश खत्री, स्ट्रबेरीको ज्ञान राख्ने करिव ५–६ वर्षबाट खेति गर्दै आएकि स्थानीय राम बहादुर ढकाल समेत सहभागिता रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu