Connect with us
Kapilvast Forest

स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण

२०७९, २६ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय त्रिविमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ ।त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्न लागिएको छ ।

उहाँले देशभरिका सबै क्याम्पसमा आज मनोनयनपत्र विवरण गरिने बताउनुभयो । यस्तै निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनेछन् । निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुने तय भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu