काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ । उपराष्ट्रपति चयनका लागि संसद भवन बावेश्वरमा मतदान भइरहेको छ रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । एक सांसदका अनुसार छलफलमा झालाई मत दिने समझदारी भएको छ ।