निलगाई मृत अवस्थामा भेटीयो
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ५ सिसवामा एक निलगाई मृत अवस्थामा फेला परेको छ । आइतवार विहान १० बजे कुकु्रहरुले लखेट्दै गाँउमा ल्याएको निलगाई एक्कासी पल्टीदा मृत्यु भएको स्थानिय राम नरेश यादवले बताउनुभयो । निलगाई गाँउमा आएको देखीपछी सिसवाका स्थानियले डिभिजन वन कार्यालय (गौतमबुद्ध) लाई खबर गरेका थिए ।
डिभिजन बन कार्यालय (गौतमबुद्ध) का सहयाक बन अधिकृत एजाज अन्सारीका अनुसार मृत निलगाईको शरिरमा कुनै पनि चोट पटक नदेखीएको बताउनुभयो । उक्त मृत निलगाईलाई डभिजन वन कार्यालय (गौतमबुद्ध) को कार्यालय नजिकै खडल खनी पुरिएको सहायक बन अधिकृत अन्सारीले बताउनुभयो ।
बनका कार्मचारी, स्थानिय भद्राभलादमी, पत्रकारको रोहबरमा मृत निलगाईलाई पुरीएको थियो ।