Connect with us
Kapilvast Forest

विकासकाे नाममा जथाभावी डोजरकाे प्रयोग बन्द गराै : मन्त्री श्रेष्ठ

२०८०, ९ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौ -बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले डोजरे विकासका कारण प्राकृतिक विपद् भोग्नु परेको बताउनुभएको छ ।

मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले हरेक वर्ष प्राकृतिक विपद् आउनुको कारण डोजरे संस्कृति भएको बताउनुभएको हो । उहाँले जथाभावी डोजर चलाउने गरेका कारण हरेक वर्ष नेपालमा विपद्को सामना गर्नु परेको बताउनुभयो ।

जथाभावी डोजर चल्न थालेको दुई दशकभन्दा बढी भएको उल्लेख गर्दै पर्यावरणमैत्री विकास गर्न नसकेमा बिकासले नै बिनाश निम्त्याउने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपालको सन्दर्भमा कुरा गर्दा ञड
ोजरे विकासझ संस्कृतिको रूपमा विकसित भैरहेको छ । बागमती प्रदेश पनि त्यसबाट अछुतो छैन । हामीले जथाभावी डोजर चलाउन थालेको २ दशक बढी भैसक्यो ।

जसको कारण देश÷प्रदेशले प्रत्येक साल प्राकृतिक विपद् भोग्दै आउन परेको छ । पर्यावरण मैत्री विकास गर्न सकिएन भने विकासले अन्ततः विनास नै निम्त्याउँछ । त्यसैले अब भत्काउने क्रम बन्द गरि भत्काएका संरचनाहरूलाई निर्माण (स्तरोन्नति) गर्ने अभियानमा लाग्दा कसो होला ? प्रबुद्ध प्रदेशवासी नागरिकहरूसँग सुझावको अपेक्षा गरिएको छ । किनकि, प्रदेश सरकार नीति योजना र बजेट निर्माणको क्रममा छ ।’

डोजरे विकासबाट बागमती प्रदेश पनि अछुतो नरहेको भन्दै उहाँले अब भत्काउने क्रम बन्द गरेर भत्काइएका संरचनाहरुलाई नै स्तरोन्नति गर्ने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेश सरकार नीति, योजना र बजेट निर्माणको क्रममा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यस विषयलाई सरकारले गम्भिर रुपमा लिएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu