Connect with us
Kapilvast Forest

मौसमको जानकारी लिन नेपालगन्ज विमानस्थलमा डिजिटल प्रणाली

२०८०, २० असार बुधबारमा प्रकाशित

बाँके। बाँकेको नेपालगन्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ।

पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो।

नेपालगञ्जबाट हुँदै आएको विभिन्न गन्तव्यका उडान अघि मौसमबारे जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
उनका अनुसार यो प्रणालीमार्फत धनगढी, महेन्द्रनगर, सुर्खेत, शान्तिपुर, टीकापुर, सल्ले, लमहीलगायत २० ठाउँको मौसमबारे जानकारी लिन सकिने छ।

प्रवक्ता निरौलाले भने, ‘अब सुर्खेत, जुम्ला, डोल्पालगायत गन्तव्यतर्फ उडान अघि मौसमको जानकारी लिन थप सहज हुनेछ।’

नेपालगञ्ज विमानस्थलमा प्राधिकरणले थप दुई हजार पाँच सय मिटर धावनमार्ग विस्तार गर्न लागिएको छ। करिब तीन अर्ब रुपैयाँको लागतमा यो विमानस्थलको टर्मिनल भवनसहित यात्रु सुविधा लक्षित पूर्वाधार विस्तारको काम भइरहेको छ। हाल धावनमार्गको लम्बाइ १ हजार ५ सय मिटर रहेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu