Connect with us
Kapilvast Forest

अवधी र थारु पत्रकारका लागि फिचर र खोजमूलक रिपोर्टिङ्ग तालिम शुरु

२०८०, २० असार बुधबारमा प्रकाशित


नेपालगन्ज-
अवधी र थारु भाषी पत्रकारहरुका लागि आठ महिने फेलोशिप कार्यक्रम संचालन गरिएको छ । स्वतन्त्र र समावेशी पत्रकारितालाई मुलप्रवाहीकरणमा ल्याउन अवधी, थारु र मुस्लिम पत्रकारहरुको पेशागत दक्षता, आत्मनिर्भरता र पत्रकारिता क्षेत्रमा मूलप्रवाहीकरण गर्नका लागि पत्रकारलाई फेलोशिप प्रदान गरिएको हो ।

युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा संचालित “नागरिक समाज र मिडिया” परियोजना अन्र्तगत लुम्विनी प्रदेशस्तरिय फेलोशिप कार्यक्रम शुरु भएको छ ।

लुम्विनी प्रदेशका ५ जिल्ला (बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तु र रुपन्देही) मा अवधी र थारु भाषी १५ जना पत्रकारलाई फेलोशिप कार्यक्रम शुरु गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अवधी र थारु समुदायका सिमान्तकृत, मुस्लिम अल्पसंख्यक, विपन्न, लोपउन्मुख चिडीमार र मंगन्ता समुदायका युवायुवतीलाई पत्रकारिता क्षेत्रमा दक्ष बनाउनका लागि फैलोशिप उपलब्ध गराइएको हो । अध्यक्ष तिवारीले अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवाललाई पत्रकारहरुले उठाएर लाभ लिनुपर्नेमा जोड दिनुभयो ।

यसैक्रममा फेलोशिपमा छनौटमा परेका पत्रकारहरुका लागि तीनदिने सवाल पहिचान, फिचर लेखन र खोजमुलक रिपोर्टिङ्ग कार्याशाला नेपालगन्जमा शुरु भएको छ । आज बुधबार विहान कार्याशालाको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले लोप हुन लागेको अवधी भाषाको संरक्षणमा यो फेलोशिपको कार्यक्रमले मद्दत पुरयाउने भन्दै अवधी समुदायका सवाललाई सञ्चार माध्यममा प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सत्य तथ्यका आधारमा निश्पक्ष र स्वतन्त्र पत्रकारितालाई जोड दिदै ओझेलमा परेका पत्रकारहरुको क्षमता विकास गर्न आवश्यक भएको बताउनुभयो । कार्यक्रममा अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादव, थारु पत्रकार संघका केन्द्रीय सदस्य शम्भु थारु, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतले बोल्नु भएको थियो ।

तालिममा पत्रकारहरु शुक्रऋषि चौलागाई, युवराज पाण्डे, एकराज चौधरी, विजय बर्मा, राकेश मिश्रलगायतले अवधी र थारु समुदायका सवाल पहिचान, फिचर र खोजमुलक रिपोर्टिङ्गका पक्षका बारेमा सहजीकरण गर्नुहुनेछ ।

संस्थाले अवधी र थारु भाषी १५ जना पत्रकारलाई आठ महिने फेलोशिप कार्यक्रम संचालन गरेको संस्थाका कार्यक्रम संयोजक रविन्द्र ज्ञवालीले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu