Connect with us
Kapilvast Forest

छाडाचौपाया बारे मुख्यमन्त्रीलाई ध्यानाकषर्ण गराउदै मेयर श्रेष्ठ

२०८०, ७ भाद्र बिहीबारमा प्रकाशित

कपिलवस्तु जिल्लाभरी यत्रतत्र छाडा चौपायाका कारण ठुलो समस्या परेको भन्दै बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई ध्यानाकषर्ण गराएका छन ।

दाङको देउखुरी स्थित मुख्यमन्त्रीको कार्यालयमा पुगेर मेयर श्रेष्ठको अगुवाईमा ध्यानाकष्र्ण गराइएको हो । छाडा चौपायाले जिल्लामा ठुलो समस्या निम्त्याएको भन्दै आफुले मुख्यमन्त्री चौधरीलाइृ ध्यानाकषणर्् गराएका मेयर श्रेष्ठले बताए ।

आफुले छाडा चौपायाको ब्यवस्थापन र टिक्कर बुढ्ढी बिजगौरी सडकको स्त्तोरोन्नतीका बिषयमा माग गरेको उनले बताए । सो अवसरमा मुख्य मन्त्री चौधरीले आफु छाडा चौपाया ब्यवस्थापनमा प्रतिबद्ध मात्र होईन चालु आर्थिक बर्षको बजेट नीति र कार्यक्रममा समेत राखेको बताए ।

उनले कपिलवस्तुको बुढ्ढीमा यही भदौ ९ गते हुने छाडा चौपया ब्यवस्थापनको बिषय हुन लागेको बृहद अन्तरक्रिया कार्यक्रममा त्यस बारे गह छलफल गर्ने बताए । गौशाला निर्माणकालागि गब्दाहवामा रहेको ढाई सय हेक्टर वन क्षेत्रमा तारबार गर्ने प्रस्ताव रहेको छ । वनको स्विकृति पछि १० पालिका र प्रदेशको बजेटले त्यहा गौशाला निर्माण गर्ने योजना छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu