आरम्भ चौतारीद्धारा विमा रकम हस्तान्तण
कपिलवस्तु- आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडद्धारा मृत्यु दाबी क्षतिपुर्ती राहत रकम परिवारलाई हस्तान्तरण गरिएको छ । कपिलवस्तुको शिवराज ३ बलुहवा गाँउकी निर्माला कुमारी थारुको मृत्यु पछी उनको परिवारलाई विमा शुल्क रकम बुझाइएको आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड शिवराज शाखाका प्रमुख बाबुराम पालले जानकारी दिनुभयो ।
संस्थाले २०७९ असार १६ गते चौधरीलाई रु ४० हजार लगानी गरेको थियो । थारुको गत जेष्ठ २५ मृत्यु भएको थियो । थारुको मृत्युभएपछि उनको परिवारले रु ६४ हजार ९ सय ६४ रुपैया मृत्यु विमा वापतको रकम पाएका हुन । साथै थारुको ऋण रु ४० हजार मिनाहा गरिएको शाखा प्रमुख पालले बताउनुभयो ।
कार्यक्रममा आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रदेश कार्यालयका कार्यक्रम अधिकृत भगवती खरेल, शिवराज नगरपालिकाका वडा अध्यक्ष खिम विक्रम केसी, वडा नं ३ का वडा सदस्य श्याम लाल चौधरी, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड शिवराज शाखाका कार्मचारी सरस्वती गौतम, पुष्पा देवी यादव, रमाकान्त चौरासिया लगायतकोे सहभागिता रहेको थियो ।
